राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

साउन १ गतेबाट विभिन्न शीर्षकमा दिइँदै आएको भत्ता खारेज गर्ने घोषण

बिहिवार, १५ जेठ २०७७ २०:३९

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाविरुद्ध लडाईँमा फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता साउन १ गतेबाट खारेज गरिने घोषणा गरेका छन् ।

बैठक भत्ता, खाजा भत्ता, सेमिनार भत्ताका साथै इन्धन खर्च बापत पाइने अतिरिक्त रकम  खारेज गरिएको उनले बताए ।

यसैगरी प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता पनि कटौती भएको छ । भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमालगायतमा पनि उल्लेख्य बजेट कटौती गरिएको छ ।

थप जानकारी