राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६२ हजारको मृत्यु

शुक्रवार, १६ जेठ २०७७ ९:००

एजेन्सी । विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार नाघेको छ ।  गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ७३ जनाको मृत्यु भएकाे छ ।

विगत २४ घण्टामा १ लाख १६ हजार जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ५९ लाख पुगेको वल्डोमिटरर्सले   जानकारी दिएको छ ।
कोरोना भाइरसले अमेरिकालाई अत्यन्त  प्रभावित बनाएको छ । यहाँ १७ लाख ६८ हजार ४६१ जना संक्रमति  रहेका छन् भने, १ लाख ३ हजार ३सय ३० जनाको मृत्यु भएको छ ।

नेपालमा यस महामारीबाट संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढिरहेका छ । त्यस्तै कोरोनाबाट ५ जनाको मृत्यु भएकोछ ।

थप जानकारी