राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन १०, २०७७

आखिर के भएको हो ? सामाजिक सञ्जालमा चर्चा, सर्केगाडको

सोमवार, १९ जेठ २०७७ २२:५८

-जनक फडेरा
पछिल्लो समय हुम्लाको सर्केघाड गाउँपालिकाको बारेमा सामाजिक सञ्जालमा धेरै टिका टिप्पणीहरु सुनिदै आएका छन् । कहिले जिल्ला बाहिर बसेका व्यक्तिहरुको नामावली संकलनको विषय त कहिले जिल्ला बाहिर वितरण हुनुपर्ने राहत जिल्लामै वितरण गरेको विषय । यी यस्ता कुरा सामाजिक सञ्जालमा चर्चा परि।चर्चा हुनु पक्कै पनि शोभनीय होईन । सर्केघाड गाउँपालिकामै जन्मेको नाताले यी यस्ता कुराहरु सार्वजनिक हुदाँ कताकता मन खिन्न भचएर आउँछ । यसैले गाउँपालिकाले गरेका कार्य प्रति मेरो केहि जिज्ञासा छ ।
कोरोनाको विषम परिस्थितीमा पनि यो वा त्यो व्यक्ति तथा पार्टीको मानिस भन्दै राहतमा विभेद अनि गाउँपालिकाले गरेको निर्णय भन्दा बेगरको कार्यन्वयन गर्नको लागि जनप्रतिनिधीहरुलाई कसले दियो अधिकार ?
के मिलेर खानको लागि अधिकार छुट छ त ? कि लुट्ने बेला नै यहि हो भनेर लुट्या हुन् ? जिल्ला बाहिर बसोबास गर्नेहरुको लागि निर्णय भएको बजेट जिल्लामा नै वितरण भएको छ । अर्को महत्वपूर्ण कुरा जिल्ला बाहिर वस्नेहरुको पहिचानको लागि विभिन्न सम्पर्क व्यक्तिहरु तोकियो र सम्पर्क व्यक्तिहरुले दिएको लिष्ट पनि जिल्लामा परिवर्तन गरियो भन्ने कुरा आएको छ, के यो सत्य हो ? यदि सत्य हो भने सम्पर्क व्यक्ति तोकेर किन नाटक गरियो ?
काठमाण्डौ लगायत जिल्ला बाहिर बस्नेहरुको नामावली सम्पर्क व्यक्तिहरुले पठाएकै हुन् तर गाउँपालिकाले सम्बन्धित वडालाई नै जिम्मेवारी दियो, के जिल्ला बाहिर भएका व्यक्तिहरुका लागि छुट्टयाईएको राहतबाट वडालाई कुनै भाग पर्दैन, खान पाईदैन् भनेर हो ? के सम्पर्क व्यक्तिहरुले पठाएको नामावलीमा शंका लागेर हो ? यदि त्यो हो भने कुन कुन सम्पर्क व्यक्तिले कस्तो नामावली पठाएको थियो ?
कुन वडाबाट कति जनाको नामावली आएको थियो ? त्यो कुराको पनि सार्वजनिक गर्न आवश्यक छ ।
अहिलेको विषम अवस्थामा पनि गाउँपालिकाले यी यस्ता साना तिना कुरामा अल्झेर अनाआवश्यक खिचातानी गर्नु भन्दा पनि पालिका क्षेत्रमा कोरोना प्रकोपबाट केकति हानी हुन्छ भन्ने कार्यक्रम तर्जुमाका साथ कार्यन्वयन तिर लाग्न आवश्यक छ । सामाजिक सञ्जाल भरि पालिकाको विरोधको आभाष सुनिन्छ । मैले विरोधको नाममा विरोध गरेको होईन । वास्तविकता के हो ? आखिर पालिकामा के हुदैछ ? पालिकाले गरेको निर्णय एउटा हुन्छ कार्यन्वयन अर्को हुन्छ, के सर्केघाट गाउँपालिका चलाउने कुनै अदृश्य शक्ति पो छ कि ?
कि सामाजिक सञ्जालमा विरोधको नाममा विरोध आएको हो ? कि विरोध गर्नेहरु भागबण्डामा नपरेका हुन् ? यो कुरा गाउँ कार्यपालिकाले जवाफ दिन आवश्यक छ ।

(लेखक फडेरा राष्ट्रिय प्रजातान्त्रि विद्यार्थी संगठनका केन्द्रि महासचिव हुन्)

थप जानकारी