राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

अध्यक्षमा ठाकुर र यादव, बाबुराम भट्टराई वरिष्ठ नेता

आइतवार, २५ जेठ २०७७ २१:१४

काठमाडौं, जेठ २५ गते । यस अघिको समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले एकता गरी निर्वाचन आयोगमा नयाँ पार्टीको रुपमा दर्ता गर्न आज औपचारिक रूपमा निवेदन दर्ता गराएको छ

आज दर्ता गराइएको निवेदनमा दुई दल मिलेर बन्ने नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी रहेको छ ।

प्रस्तावित नयाँ पार्टीका पदाधिकारी र सदस्यहरुको नामावली सूचीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव रहनु भएको छ ।

वरिष्ठ नेतामा तीन जना क्रमशः आशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महत्वको नाम रहेको छ । आयोगले आवश्यक कागजातको अध्ययन गरी आयुक्तहरुको बैठकबाट दल दाको निर्णय गर्नेछ ।

थप जानकारी