राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारा मात्र नबनोस् : राजा ज्ञानेन्द्र शाह

सोमवार, २६ जेठ २०७७ ९:४६

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटोको मुद्दा केवल चुनावी नारामात्र नबनोस् भनी आम नागरिकले खबरदारी गर्ने बेला आइसकेको बताएका छन् ।

टुइटरमा लेख्दै राजाले नेपालको संविधानलाई संसोधन गरि लिम्पियाधुरा लिपुलेक र कालापानी सहितको नेपालको नयाँ निशान छाप निकाल्ने विषयमा अल्मलिएर राष्ट्रियताको विषय ओझेलमा परेको संकेत गर्दै नागरिकले खबरदारी गर्ने बेला आइसकेको बताउनु भएको हो ।

उहाँले सरकार आफ्ना नियमित तथा केही अनावश्यक र अप्रासंगिक कार्यहरुमा अल्मलिएर एउटा निश्चित बिन्दुमा पुगी आम जनमानसमा आशा पलाएको राष्ट्रियताको मुद्दा फेरी एकपल्ट ओझेलमा परेको आभाष भएको बताएका बताउनु भयो ।

थप जानकारी