राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

भारतमा कोरोना सङ्क्रमितको संख्या बढ्दो, महाराष्ट्रमा चीनभन्दा बढी सङ्क्रमित

सोमवार, २६ जेठ २०७७ १३:०२

काठमाडौँ । भारतको आर्थिक राजधानी महाराष्ट्रमा चीनको भन्दा कोरोनाभाइरसबाट सङ्क्रमित हुने बढी दर्ता गरिएको छ । महाराष्ट्रमा आइतबारसम्म ८५ हजार ९७५ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।

चीनमा सङ्क्रमित हुनेको सङ्ख्या ८४ हजार १९१ दर्ता गरिएको थियो । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी रहेको छ ।

लगातार पाँचौँ दिन करिब दश हजार नयाँ सङ्क्रमित थपिएका छन् । महाराष्ट्र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको शहरमध्ये पर्छ । आइतबारसम्म महाराष्ट्रमा ४८ हजार ७७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको बीबीसीले जनाएको छ । महाराष्ट्रमा सङ्क्रमणबाट दुई हजार ९६९ जनाले ज्यान गुमाएका छन् ।

थप जानकारी