राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

चीन र पाकिस्तानविरुद्ध गोर्खा सेनाको प्रयोग रोक्न परराष्ट्रलाई ज्ञापन

मङ्गलवार, २७ जेठ २०७७ २२:३५

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले इन्डियाली गोर्खा सेना सम्बन्धी नेपाल , बेलायत र इन्डियाबीच सन् १९४७ नोभेम्बर ९ मा भएको त्रिपक्षीय सन्धि रद्द गर्न र नेपालका छिमेकी तथा मित्रराष्ट्र चीन र पाकिस्तानविरुद्ध गोर्खा सैनिकको प्रयोग रोक्न इन्डियालाई दबाब दिन माग गर्दै आज दिउँसो परराष्ट्रमन्त्रीलाई सम्बोधन गरिएको एक ज्ञापनपत्र बुझाएको छ ।

इन्डियाले शत्रु ठानेका राष्ट्रहरू नेपालका मित्र भएका हुँदा ती मित्रराष्ट्रविरुद्ध गोर्खा सैनिक प्रयोग गर्नु गलत हो भन्दै युद्धमा मारिएका गोर्खा सैनिकको लास घरपरिवारलाई जिम्मा नलगाउनु अमानवीय भएको कुरा ज्ञापनपत्रमा उठाइएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली संसद् मा व्यस्त हुनुभएको भनिएकाले परराष्ट्र मन्त्रालयको सार्क महाशाखाका प्रमुख सहसचिव यज्ञबहादुर हमाललाई ज्ञापनपत्र बुझाइएको मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिएका छन् । ज्ञापनपत्रको बोधार्थ चीन , पाकिस्तान , श्रीलंका र बंगलादेशका विदेश मामिलासम्बन्धी मन्त्रीलाई पनि दिइएको छ ।

थप जानकारी