राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

विश्वमा कोरोना भाइरसबाट ४ लाख १३ हजारको मृत्यु

बुधवार, २८ जेठ २०७७ ८:४८

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ६२७ पुगेको छ ।

पछिल्लोे २४ घन्टामा ४ हजार ७६३ जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख २१ हजार भन्दा बढी संक्रमित भेटिएका छन् ।

याे सँगै काेराेना संक्रमणबाट विश्वभर ७३ लाख १६ हजार ९४४ जना संक्रमित भएका वल्डोमिटरर्सले जनाएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख २ हजार ५०२ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार  जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

थप जानकारी