राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

दमन होइन, आफूलाई सुधार सरकार: नेता लिङदेन

बुधवार, २८ जेठ २०७७ ९:५४

काठमाडाैं । काेराेना भाइरस संक्रमण नियन्त्रणमा सरकार गम्भीर नबनेकाे भन्दै विराेधस्वरुप मंगलबार बालुवाटारअघि प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरी प्रशासनबाट भएकाे दमनप्रति राप्रपा सांसद राजेन्द्र लिङ्देनले निन्दा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सांसद लिङ्देनले पीसीआर परिक्षणकाे दायरा बढाउ, क्वारेन्टिन सुधार गर भनेर ध्यानाकर्षण गराउनु गलत नरहेकाे भन्दै बरु उनीहरुमाथि भएकाे दमन गलत रहेकाे बताएका छन् ।

उनले सरकारलाई झकझक्याउन जनतालाई दमन गर्नुकाे सट्टा आफूलाई सुधार्न पनि सरकारसँग माग गरेका छन् ।

उनले लेखेका छन्,’ पीसीआर बढाउ, आरडिटिमा राेक लगाउ, क्वारेन्टाइनहरु सुधार गर, विदेशमा रहेका नेपालीहरुको उद्दार गर भन्ने यी माग गलत हाेइनन्,
त्यसैले दमन होइन, आफूलाई सुधार सरकार !’

थप जानकारी