राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

राप्रपा बुटवलद्वारा सिमा अतिक्रमण, एमसीसी, स्वास्थ्यमा भएको भ्रष्टाचार विरुद्ध प्रदर्शन

शुक्रवार, ३० जेठ २०७७ १०:११

बुटवल । राप्रपा बुटवलले भारतले गरेको सिमा अतिक्रमण, अमेरिकन सहयोग एमसीसी र स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् ।

राप्रपा बुटवलद्वारा आयोजित विरोध प्रदर्शनमा भारतले अतिक्रमण गरेको भुमि फिर्ता ल्याउन,मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न तथा स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचार विरुद्ध नारा जुलुस सहित विरोध र्‍याली निकालिएको थियो ।

राप्रपा बुटवलले र्‍याली सहित निकालेको जुलुसले अतिक्रमित भुमी फिर्ता गर, राजसंस्था पुनर्स्थापना गर, हिन्दुराष्ट्र कायम गर, भ्रष्टाचारीलाई कार्वाही गर लगातयको माग गरेको छ ।

विरोध प्रदर्शनमा सरकारले लकडाउनको उचित व्यवस्थापन गर्न नसकेको समेत बताइएको छ भने र्‍यालीले कोरोना भाइरस नियन्त्रणको नाउँमा खर्च भएको १० अको हिसाब सार्वजनिक गर्न समेत माग गरेको छ ।

थप जानकारी