राष्ट्र हितमा समर्पित
बुधवार, आश्विन २, २०८१

कोरोना भाइरसबाट विश्वमा ४ लाख २८ हजार भन्दा बढीको मृत्यु, करीब ७७ लाख ४१ हजार सङ्क्रमित

शनिवार, ३१ जेठ २०७७ २१:४९

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या चार लाख २८ हजार ३४२ पुगेको छ । साथै विश्वभर ७७ लाख ४० हजार ५०५ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

कोरोना भाइरसका कारण बिरामी भएका ३९ लाख ६६ हजार ५६६ जना निको भएका छन्।। हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित ३३ लाख ४५ हजार ५९७ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमित हरुमा ५३ हजार ८८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख १६ हजार ९२२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख १६ हजार ८२५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १३ लाख ५६ हजार २०८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५७ हजार ८७० जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख २७ हजार २०७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । एक लाख ४३ हजार ३५५ जनाको मृत्यु भएको छ ।
युरोपमा २१ लाख ७३ हजार ५७८ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ८२ हजार ६७ को मृत्यु भएको छ । एसियामा १५ लाख ४६ हजार २७७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ३८ हजार ८३१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख २७ हजार ६०९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेको छ भने ६ हजार ८० जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।

थप जानकारी