राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन १०, २०७७

भ्रष्टाचार गरेको आरोपमा एन्फा विरुद्ध अख्तियार र सार्वजनिक लेखासमितिमा उजुरी

आइतवार, ३२ जेठ २०७७ १७:२०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) मा अनियमितता भएको र त्यसको आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गरेका छन ।

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले एन्फा कार्यसमितिले अनियमितता र भ्रष्टाचार गरेको आरोपमा संयुक्त रुपमा उजुरी दिएका हुन ।

अख्तियार र सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गरेकोबारे जिल्ला संघका अध्यक्षहरुले आइतबार एक विज्ञप्ति जारी गरि जानकारी गराएका छन् ।

एन्फामा भएका अवैधानिक निर्णय तथा आर्थिक अनियमितताको विषयलाई लिएर उजुरी गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

थप जानकारी