राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

कोरोना भाइरसबाट विश्वमा ४ लाख ३५ हजार भन्दा बढीको मृत्यु

सोमवार, १ आषाढ २०७७ ९:१०

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार १७७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७९ लाख ८४ हजार पुगेको वल्डोमिटरर्सले जनाएको छ ।

नेपाली समयानुसार सोमबार बिहान प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४१ लाख ४ हजार ३७३ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४४ हजार ८८२ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५४ हजार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पछिल्लो २४ घन्टामा ३ हजार भन्दा धेरैको मृत्यु भएको छ भने एक लाख २३ हजार भन्दा धेरै संक्रमित फेला परेका छन् ।

नेपाल पछिल्लो २४ घन्टामा ४ सय २५ जना नयाँ संक्रमित भेटिएका छन् । देशभर ५ हजार ७ सय ६५ पुगेको छ। नेपालमाा ७३ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ। १९ जनाको मृत्यु भइसकेको छ।

थप जानकारी