राष्ट्र हितमा समर्पित
बिहिवार, साउन २९, २०७७

चीनसँगको सीमा विवाद तथ्यहीन, कान्तिपुरद्वारा क्षमायाचना

शनिवार, १३ आषाढ २०७७ ८:३३

काठमाडौँ । चीनले पनि नेपाली भूमि मिचेको सम्बन्धी खबरमा गम्भीर तथ्यगत त्रुटी भएको भन्दै कान्तिपुर दैनिकले क्षमायाचना गरेको छ ।

कान्तिपुर दैनिकले असार १० गते पहिलो पृष्ठमा ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शिर्षकको खबर छापेको थियो ।

तर सरकारले भने त्यस्तो कुनै प्रमाण नरहेको र नेपाली भूमि चीन तर्फ नमिचिएको बताएको छ । सरकारको सो भनाईपछि कान्तिपुरले असार १३ गतेको अंकमा क्षमायाचना छापेको हो ।

सरकारी स्रोतले चीन तर्फ पनि भूमि मिचिएको भन्ने सम्बन्धी झुटो दस्तावेज उपलब्ध गराएका कारण सो समाचारमा गम्भीर तथ्यगत त्रुटी हुन गएको कान्तिपुरले प्रकाशित गरेको क्षमायाचनामा उल्लेख छ ।

क्षमायाचनामा भनिएको छ, ‘उत्तर समाचारको आधार बनाइएको प्रतिवेदन प्रकाशित नै नभएको कृषि मन्त्रालयले र समाचार गलत रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको समाचार हामीले यसअघि नै प्रकाशन गरिसकेका छौँ ।’

अघि भनिएको छ, ‘कृषि मन्त्रालयको स्थलगत प्रतिवेदन भनी दाबी गरिएको उक्त दस्तावेज कसले कुन प्रयोजनका लागि तयार पार्‍यो र सरकारी स्रोतहरुले नै त्यसलाई किन सञ्चारमाध्यमहरुलाई उपलब्ध गराए भन्ने बारे हामी सत्यतथ्य पत्ता लगाउन प्रयासरत छौँ।’

थप जानकारी