राष्ट्र हितमा समर्पित
बिहिवार, साउन २९, २०७७

हल्दिबारीका उपाध्यक्ष गिरीको आरोपप्रति राप्रयुसं झापाद्वारा आपत्ति

शनिवार, १३ आषाढ २०७७ २१:१५

झापा । हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले लगाएको आरोपप्रति राप्रपा युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन झापाले आपत्ति जनाएको छ ।

गाउँपालिकाका उपाध्यक्ष गिरीले शुक्रवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी राप्रपाका नेता तथा झापा क्षेत्र नम्बर ३ का सङ्घीय सांसद राजेन्द्र लिङ्देनलाई लक्षित गरी पूर्वाग्रह र दुराशय युक्त भनाईप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

सङ्गठनका अध्यक्ष राजकुमार राई र सहसचिव अमित थुलुङको हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, सांसद लिङदेन आफ्नो निर्वाचन क्षेत्रमा पर्ने हल्दिबारी गाउँपालिकाको समस्या शान्तिपूर्ण समाधानको निम्ति राजनैतिक पहल प्रयत्न गरी रहनु भएको र पार्टीको समेत जिम्मेवार नेताको नाताले कार्यकर्ताहरूलाई संयम रहन निर्देशन गरिरहनु भएको अवस्थामा गाउँपालिकाका उपाध्यक्षको भनाइ प्रति खेद व्यक्ति गर्दै आगामी दिनहरूमा यस प्रकारका अभिव्यक्ति नदोहोराउन भनी यसै विज्ञप्ति मार्फत उपाध्यक्ष गिरीलाई सचेत गराउन चाहन्छौँ ।

सङ्गठनले समस्याको समाधान आपसी वार्ता र संवाद मार्फत समाधानको लागि अनुरोध गर्दै पुनः उपाध्यक्ष गिरीलाई अराजक, तथ्यहीन आरोप—प्रत्यारोप र चरित्रहत्या गर्ने कार्य नदोहोराउन सचेत गराउन चाहन्छौँ ।

गत असार १० गते गाउँपालिकाको गाउँ सभामा बजेट, नीति तथा कार्यक्रम पारित गर्ने विषयमा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन र उपाध्यक्ष गिरी समूहका जनप्रतिनिधिबिच विवाद भई हातपातदेखि तोडफोडसम्म भएको थियो । सोही घटनाले अहिले हल्दिबारीका अल्पमत (राप्रपा-काँग्रेस) र बहुमत (नेकपा) जनप्रतिनिधि बिच लफडा भइरहेको छ ।

विज्ञप्ति

थप जानकारी