राष्ट्र हितमा समर्पित
बिहिवार, साउन २९, २०७७

उपत्यकामा १७ सहित थप ४८२ सङ्क्रमित, कुल १४ हजार ४६ पुग्याे

बुधवार, १७ आषाढ २०७७ १७:४७

काठमाडौँ, असार १७ गते । कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या बुधबार १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । एकसय १७ महिला र ३७५ पुरूष पुगकाे छ ।

डिस्चार्ज
देशभर चारहजार ६५६ डिस्चार्ज भएका छन् ।

यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नाै हजार ३६० जना रहेका छन् ।

उपत्यकामा १७ सङ्क्रमित
काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा ३ महिला र २ पुरूष र भक्तपुरमा एक महिला र एक पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

मृत्यु
असार १४ गते अछामका ४५ वर्षका एकजना पुरूषकाे मृत्यु भएकाे छ । अछामकाे बयालपाटा अस्पतालमा भएकाे मृत्युपछि लिएकाे स्वाबमा असार १६ गते काेराेना पुष्टि भएकाे छ ।

थप जानकारी