राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेपालमा कोरोना सङ्क्रमितको संख्याको १६ हजार ४२३ पुग्यो

बुधवार, २४ आषाढ २०७७ १७:४०

काठमाडौँ, असार २४ गते । पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

पछिल्लो २४ घण्टामा चारहजार ६९६ पीसीआर परीक्षण भएकाे छ । क्वारेन्टाइनमा २४ हजार ४०, आइसोलेसनमा आठ हजार ६३६ रहेका छन् ।

डिस्चार्ज
आज २५३ जना निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै सातहजार ७५२ पुगेको छ । याे  ४७.२ प्रतिशत भन्दा बढी सङ्क्रमित स्वास्थ्य लाभपछि घरमा डिस्चार्ज भएका छन्।

उपत्यकामा  सङ्क्रमित 
यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २३ पुगेको छ । काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना सङ्क्रमित भएका छन् ।

हिजाे मंगलबार उपत्यकामा २८ जना सङ्क्रमित पुष्टि भएकाे थियाे । साेमबार  उपत्यकामा ५४ र आइतबार ३० जनामा भाइरस सरेकाे थियाे ।

पाँचसय भन्दा बढी उपचाररत छ जिल्ला
महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

सङ्क्रमणमुक्त पाँचवटा जिल्ला
धनकुटा, भोजपुर , सोलुखम्बु,  हुम्ला र मुस्तागं जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको घोषणा भएको छ ।

भेदभाव गर्ने व्यक्तिलाई कार्वाही
सङ्क्रमणमुक्त भएका जोकोहीलाई भेदभाव गरिए भेदभाव गर्ने व्यक्तिलाई कानुनतः कार्वाही हुने उहाँले बताउनुभएको छ ।

अस्पताल, आइसोलेसन र क्वारेन्टाइनबाट सङक्रमणमुक्त भएर घर गएकालाई भेदभाव भएको, घरमा बस्न नदिएको खबर आएको बताउँदै प्रवक्ता प्राडा गौतमले ठिक भइसकेपछि स्वागत गर्दै घरमा बस्ने वातावरण बनाउनुपर्छ, भन्नुभयो ।

थप जानकारी