राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

एक पटक सोचौं, ‘पलायन हुने की अगाडि बढने ?’: चलचित्रकर्मी प्रदिप उदय

बुधवार, ३१ आषाढ २०७७ २१:४०

काठमाडौं– चलचित्र निर्माता संघका पूर्व अध्यक्ष तथा चलचित्रकर्मी प्रदीप कुमार उदयले चलचित्रकर्मीलाई एउटा आग्रह गर्दै गम्भिर अनुरोध गरेका छन् ।

चलचित्रकर्मी उदयले आफ्नै घर जनाएर खरानी नघस्न चलचित्रकर्मीहरुलाई विनम्र अनुरोध गरेका हुन् ।

‘हामी सबै संयमित र सकारात्मक बनौं, उदयले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै भनेका छन् -‘हाम्रो क्षेत्र अत्यन्त कठीन अवस्थामा छ ।’

चलचित्र क्षेत्रको पछिल्लो अवस्था चिन्ताजनक भएको सुझाउँदै उदयले भनेका छन् – ‘एकपटक सोचौं, पलायन हुने की अगाडी बढने ?’

चलचित्रकर्मी उदयले सामाजिक सञ्जालबाट यसअघि पनि पटक–पटक चलचित्रकर्मीहरुलाई संयमित हुन, एक–अर्कालाई हिलो नछ्याप्न तथा आफ्नो क्षेत्रको सम्मान गर्न सिक्नु पर्ने आशयका स्टाटसहरु लेख्दै आएका छन् ।

थप जानकारी