राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

विश्व कल्याणको लागि धार्मिक अनुष्ठान शुरु

शुक्रवार, २ साउन २०७७ ९:३१

दाङ । विश्व कल्याणको कामनाको लागि नेपाल ज्योतिष परिषद् दाङले श्रावण १ गते बिहीबार धार्मिक अनुष्ठानको कार्यक्रम सम्पन्न गरेको छ ।

घोराही उपमहानगर नगर पालिका वडा नं ५ धारापानी स्थित श्री पाण्डवेश्वर महादेव मन्दिरमा भएको अनुष्ठान नेपाल ज्योतिष परिषद जिल्ला अध्यक्ष गिरिराज अधिकारीको अध्यक्षतामा तथा श्री गोरक्ष सिद्धरत्ननाथ मठका गुरु योगि देवनाथको प्रमुख आतिथ्यता साथै श्री पाण्डवेश्वर महादेब मन्दिर व्याबस्थापन समितिका अध्यक्ष गणेश प्रसाद अधिकारी सम्पन्न भएको छ ।

उक्त धार्मिक अनुष्ठानमा वेदपाठ, रुद्री पाठ, सप्तसती चण्डी पाठ, मन्त्र जप, हवनादी कार्य सम्पन्न छ। विश्वमा भइरहेको प्रतिकुल बाताबरण अनुकुल भइ मानव जीवन तथा विश्व कल्याणको लागि गर्न थालिएको धार्मिक अनुष्ठानमा २९ जना ब्राह्मणको उपस्तिथि रहेकाे थियाे ।

उक्त कार्यक्रममा नेपाल ज्योतिष परिषदका केन्द्रीय सचिब अर्जुन प्रसाद भट्टराई, केन्द्रीय सदस्य केशब गौतम, प्रदेश नं ५ का बरिष्ठ उपाध्यक्ष मेघराज आचार्य, महासचिव ढुण्डिराज ज्ञवाली, प्रचार सचिब माधब देवकोटा, सदस्य माधबा शर्मा,नेपाल ज्योतिष परिषद जिल्ला कार्यसमिति सल्लाहकार पुष्पप्रकास ज्ञवाली, जिल्ला अध्यक्ष गिरिराज अधिकारी, उपाध्याय प्रकाश भट्टराई, डमरुप्रसाद निरौला, सचिब विष्णु प्रसाद गौतम, सह सचिब अर्जुन कुमार आचार्य, कोषाध्यक्ष पद्मप्रसाद अधिकारी, सदस्य निमानन्द भुषाल, निमानन्द रिजाल, चन्द्रप्रसाद थापा, सन्तोष गौतम, धनेश्वर गौतम, रबिन कुमार गौतम, नेपाल ज्योतिष पतिषद दाङ जिल्ला पुर्ब उपाध्यक्ष भुबनेश्वर बन्जाडे, नेपाल सस्कृत बिश्वबिद्यालयका प्राध्यापक किशोरचन्द्र गौतम, बिद्यानिलकण्ठ क्याम्पसका प्राचार्य सरद कुमार आचार्य साथै छवि देबकोटा, त्रिचन्द्र खनाल लगायतको सहभागीता रहेको नेपाल ज्योतिष परिषद दाङ जिल्ला सचिब बिष्णुप्रसाद गौतमले जानकारी गराउनु भएको छ ।

थप जानकारी