राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन १०, २०७७

उपत्यकामा ८७ सहित थप ३६०, कुल सङ्क्रमित २१ हजार ७५०

बिहिवार, २२ साउन २०७७ १६:५८

काठमाडौँ, साउन २२ गते । कोरोना भाइरसका ३६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२ जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार ४७० जना क्वारेन्टिनमा छन् ।

सक्रिय सङ्क्रमित सङ्ख्या छ हजार २९६ रहेका छन् । सङ्क्रमित भएर मृत्यु हुनेको सङ्ख्या पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा २३३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म १५ हजार ३८९ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।

काठमाडाैं उपत्यकामा ८६ जना सङ्क्रमित भएका छन् । काठमाडाैंमा मात्रै ८१ जना र ललितपुरमा चार र भक्तपुरमा एकजना रहेका छन् । मृत्यु संख्या ६५ पुगेकाे छ ।

थप जानकारी