राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन १०, २०७७

जोरविजोर अटेर गर्ने ७९७ सवारी कारवाहीमा

शनिवार, २४ साउन २०७७ १८:५७

काठमाडौं,साउन २४ गते । काठमाडौं उपत्यकामा विभिन्न स्थानबाट जोर गतेका दिन विजोर नम्बरका सवारी चलाउने ७९७ ओटा विजोर नम्बरका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

जस मध्ये ५५६ ओटा दुई पाङग्रे र २४१ ओटा चार पाङग्रे सवारी साधन रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आज सार्वजनिक विदाको दिन भएको र सडकमा सवारी साधनको संख्या न्युन रहेका कारण आवागमन सामान्य रहेको महाशाखाले जनाएको छ ।

थप जानकारी