राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

धर्म, संस्कृति रक्षाको निमित्त आन्दोलनको तयारी गरौं: नेता बोहोरा

बुधवार, २८ साउन २०७७ २१:१३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहराले राप्रपालाई नयाँ पुस्ताको बलमा मुलुकको बलियो शक्ति बनाएरै छाड्ने दृढता ब्यक्त गरेका छन् ।

विभिन्न संगठन परित्याग गरि राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन प्रवेश गर्ने विद्यार्थीलाई राप्रपामा प्रवेश गराउदै बोहराले धर्म, संस्कृती, पहिचान रक्षाको निमित्त युबा पुस्ताले आन्दोलनको तयारिमा लाग्नुपर्नेमा जोड दिए ।

विद्यार्थी बर्गको हक ,हितको निमित्त भन्दा पनि तन्नेरी पुस्ताको दुरुपयोग गर्ने प्रवृत्ति हाबी हुनु दुखद भएको भन्दै मुलुकलाई समृद्धिको मार्गमा लैजानको निमित्त नयाँ पुस्ताले एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको बताए ।

बोहराले अगामी निर्बाचनबाट काङ्ग्रेस, कम्युनिस्ट र मधेशबादी दलको बिकल्पको रुपमा राप्रपा उदाउने समेत दाबी गरे । कार्यक्रममा विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, अनमोल ढकाल, निराजन बम लगायत विद्यार्थी नेताहरुले बोलेका थिए ।

थप जानकारी