राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

नेकपा एमाले नामक नयाँ पार्टी दर्ता

बुधवार, ३ भाद्र २०७७ १८:०१

काठमाडौं । निर्वाचन आयोगमा नेकपा एमाले नामक नयाँ पार्टी दर्ता भएको छ । गएको असार १२ गते सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले दल दर्ताका लागि आयोगमा निवदेन दिइएको थियो ।

यसपछि बुधबार बसेको निर्वाचन आयोगको बैठकले उक्त दल दर्ता गर्ने निर्णय भएको हो । योसँगै नेकपा एमाले नामक पार्टी फेरि अस्तित्वमा आउने भएको छ ।

केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले माओवादी केन्द्रसँग एकीकरण गरेर नेकपा गठन भएको छ । यसपछि अस्तित्वमा नरहेको एमाले फेरि सन्ध्या तिवारीको अध्यक्षतामा अस्तित्वमा आएको हो ।

राजपत्रमा प्रकाशित गरेपछि दल दर्ताको प्रमाणपत्र दिइने आयोगले जनाएको छ । सो पार्टीले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ।

थप जानकारी