राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

गेरुवा नदीमा एक पुरुष बेपत्ता

बिहिवार, ४ भाद्र २०७७ २०:२७
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका –४ गोविन्दपुरका एक व्यक्ति गेरुवा नदीमा बेपत्ता भएका छन् ।                                                                                      नदीमा दाउरा छोप्ने क्रममा आज बिहान ११ः३० वजे गेरुवा गद्दीटोल घाटबाट ४२ वर्षीय अन्तराम चौधरी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

चौधरी नदीमा डुबेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले खोजी जारी राखेको प्रहरीले जनाएको छ । (रासस)

थप जानकारी