एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी दुई वर्षभित्र नियन्त्रणमा आउनसक्ने आशा व्यक्त गरेको छ ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा बोल्दै उक्त आशा व्यक्त गरेका हुन् ।
सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरस हुन पनि दुई वर्ष लाग्न सक्ने बताएका हुन् ।
तर अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने उनले भनाई छ ।
‘पक्कै पनि भाइरस थप फैलिने सम्भावना छ । तर हामीसँग प्रविधि छ, जसले भाइरसको संक्रमणलाई रोक्न पनि सकिन्छ,’ उनले भने ।
उनले कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउनका लागि राष्ट्रिय एकता तथा विश्वव्यापी सहकार्य अत्यावश्यक रहेको बताएका थिए ।