राष्ट्र हितमा समर्पित
शनिवार, आश्विन १०, २०७७

युरोपा लिगको उपाधि छैटौं पटक पनि सेभियाद्वारा कब्जा

शनिवार, ६ भाद्र २०७७ ९:०३

एजेन्सी । युरोपा लिगको उपाधिमा सेभियाले छैटौं पटक कब्जा जमाएको छ । शुक्रबार राति कोलोनमा भएको फाइनलमा इन्टर मिलानलाई पराजित गर्दै सेभिया च्याम्पियन बनेको हो ।

सेभियाले इन्टरमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो । सेभियाका डिफेन्डर डिएगो कार्लोसले रोमेलु लुकाकुलाई फल गरेपछि इन्टरले खेलको सुरुवातमै पेनाल्टी पाएको थियो । लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै इन्टरलाई खेलको ५औं मिनेटमै अग्रता दिलाएका थिए ।

खेलको १२औं मिनेटमा जिसस नाभास र ३३औं मिनेटमा इभर बानेगाको हेडिङलाई गोलमा परिणत गर्दै सेभियाका लागि लुक डी जोङले गोल गर्दै सेभियालाई २–१ को अग्रता दिलाएका थिए । त्यसको २ मिनेटमै ३५औं मिनेटमा इन्टर मिलानका डिएगो गोडिनले खेललाई २–२ मा पुऱ्याए ।

खेल सकिन १६ मिनेट अगाडि डिएगो कार्लोसको ‘ओभर–हेड’ प्रहार रोमेलु लुकाकुबाट डिफ्लेक्ट हुँदै निर्णायक गोलमा परिणत भएको थियो ।

थप जानकारी