राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

सुनको मूल्य फेरि घट्यो

सोमवार, ८ भाद्र २०७७ १३:२७

काठमाडौं । सुनको भाउ नेपाली बजारमा साताको दोस्रो दिन पनि घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ।

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्दा ९८ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो। छापावाल सुन गत शुक्रबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको भाउ सोमबार तोलाको ९७ हजार ४ सय रपैयाँ कायम भएको छ। आइतबार तोलाको ९७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।

तेजाबी सुन गत शुक्रबार तोलाको ९८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ। महासंघका अनुसार सोमबार चाँदीको भाउ तोलाको १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ।
आइतबार पनि तोलामा २५ रुपैयाँले घट्दा चाँदी तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
गत शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले वृद्धि भएर १ हजार ३ सय ७० पुगेको थियो।

थप जानकारी