राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

सुनकाे मूल्य मङ्गलबार तोलामा सात सयले घट्यो

मङ्गलवार, ९ भाद्र २०७७ १४:१७

काठमाडौँ, भदौ ९ गते । सुनको भाउ ओरालो क्रममा त्यसले मङ्गलबार पनि निरन्तरता पाएको छ । मङ्गलबार सुनको भाउ प्रतितोला सात सय रुपियाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपियाँमा कारोबार हुने जनाएको छ ।

तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपियाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने सोमबारकै स्थिर रहेको छ । मङ्गलबार प्रतितोला एक हजार ३२० रुपियाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९०० रुपियाँ रहेको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार चार सय रुपियाँ निर्धारण भएको थियो ।

थप जानकारी