राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

पुजारी हत्याविरुद्ध हुनसक्ने प्रदर्शन रोक्न गृहको गोप्य सर्कुलर

बिहिवार, ११ भाद्र २०७७ १०:२६

काठमाडौं । रौतहटका पुजारी हत्याविरुद्ध हुनसक्ने प्रदर्शन रोक्न गृह मन्त्रालयले गोप्य सर्कुलर जारी गरेको छ।

माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा हिन्दुवादी संघसंस्थाहरुले गर्न सक्ने प्रदर्शन र आन्दोलन रोक्न गृहमन्त्रालयले प्रहरी महानिर्देशक र सबै जिल्ला प्रशासनको नाउँमा गोप्य सर्कुलर जारी गरेको हो । उक्त गोप्य सर्कुलर बाहिरिएको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ।

चार दिन अघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’ रोक्न भनिएको छ।

थप जानकारी