राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

मीडफिल्डर गेराथ बैरीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

शुक्रवार, १२ भाद्र २०७७ ११:०३

काठमाडौं, भदौ १२ गते । आष्टन भिल्ला, म्यान्चेष्टर सिटी र इभर्टनका मीडफिल्डर गेराथ बैरी अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएको छ ।

पछिल्लो तीन सिजनदेखि वेष्ट ब्रुममा आबद्ध हुनुभएका ३९ वर्षीय बैरीले २२ वर्षे अन्तर्राष्ट्रिय फुटबलको जिवनकालमा ८३३ खेलमा उपस्थित हुनुभएको छ । बैरीले प्रिमियर लिगको ६५३ खेल खेल्नुभएको छ ।

म्यान्चेष्टर सिटीले सन् २०११ को एफ ए कपको उपाधि जित्दा बैरी महत्वपूर्ण सदस्यको रुपमा हुनुहुन्थ्यो । अर्को वर्ष सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो ।

सन् २००० देखि २०१२ सम्म इंग्ल्याण्डको प्रतिनिधित्व गरी उहाँले ५३ म्याच खेल्नुभएको छ । सन् १९९८ मा आष्टन भिल्लामा आबद्ध भई गेराथ बैरीले अन्तर्राष्ट्रिय फुटबलमा पर्दापण गर्नुभएको हो ।

प्रिमियर लिगको छ सय म्याचमा सहभागी हुने उहाँ पहिलो खेलाडी हुनुहुन्छ । प्रिमियर लिगमा ११९ पहेंलो कार्ड पाएको कीर्तिमान समेत बैरीको नाममा छ । वेयान रोनीले १०० पहेंलो कार्ड पाउनुभएको छ ।

सन् २०१० मा इजिप्ट विरुद्ध बैरीले इंग्ल्याण्डको नेतृत्व समेत गर्नुभएको थियो । बैरीले हेडरमार्फत् सन् २०११ मा स्वीडेन विरुद्ध गर्नुभएको गोल इंग्ल्याण्डका लागि २००० औं गोल हो ।

थप जानकारी