राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

भारतमा एकै दिन ७६ हजार संक्रमित, हालसम्म ६२ हजारभन्दा बढीको मृत्यु

शनिवार, १३ भाद्र २०७७ १३:१९

काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७६ हजार ६६५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कूल संक्रमित संख्या साढे ३४ लाख नाघेको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजार २४० पुगेको छ ।
भारत विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो स्थानमा छ ।

संक्रमितमध्ये अहिलेसम्म २६ लाख ४७ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ५० हजार ९८९ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १०१९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कूल मृतक संख्या ६२ हजार ७१३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

थप जानकारी