राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

आर्सनललाई १६ औँ कम्युनिटी सिल्ड

आइतवार, १४ भाद्र २०७७ ९:३०

काठमाडौं । पिएरे एमेरिक आउबामेयाङको प्रेरणामा आर्सनलले प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै कम्युनिटी सिल्डको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ ।

खेलको १२ औँ मिनेटमा आउबामेयाङले उत्कृष्ट गोलको मद्दतले एफए कप विजेता आर्सनललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा लिभरपुलका सब्सटिट्युट टाकुमी मिनामिनोले बराबरी गोल फर्काए ।

निर्धारित समयमा खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गयो । लिभरपुलका स्ट्राइकर रिहान ब्रिउस्टरको प्रहार पोस्टमा लागेपछि आउबेमियाङले विजयी गोल गर्दै आर्सनललाई ५–४ को जीत दिलाए ।

लिभरपुलले लगातार दोस्रो पटक पेनाल्टीमा उपाधि गुमाएको हो । सन् २०१९ मा म्यान्चेस्टर सिटी विजयी बनेको हो ।

आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको यो १६ औँ पटक हो । आर्सनलभन्दा अघि म्यान्चेस्टर युनाइटेडले सर्वाधिक २१ पटक यो उपाधि जितेको छ । पछिल्ला सात सिजनमा आर्सनलले चार पटक यो उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । (एजेन्सी)

थप जानकारी