राष्ट्र हितमा समर्पित
सोमवार, आश्विन १२, २०७७

सन्दीप सम्मिलित जमैकाको तेस्रो जित

आइतवार, १४ भाद्र २०७७ १३:२१

काठमाडौं, भदौ १४ गते । ओपनर ग्लैन फिलिप्सले अविजित रहदै ७९ रनको उत्कृष्ट पारी खेलेपछि क्यारेबियन प्रिमियर लिगको आफ्नो छैठौं खेलमा जमैका तलावाजले ३७ रनले जित हात पारेको छ ।

जितसँगै जमैका अङ्कतालिकाको तेस्रो स्थान उक्लेको छ । जमैकाले छ खेलबाट तीनमा जित हात पारेर छ अङ्क बटुलेको छ ।

जमैकाले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याउँदै सेन्ट किट्स एण्ड नेभिस पैट्रिओट्सले १९ ओभरमा चार बलमा मात्र ११० रनमा समेटिन पुग्यो । सेन्ट किट्सका लागि क्यारन पावेल र एभिन लेविसले सामान २१ रनको योगदान गर्नुभएपछि जितका लागि अपर्याप्त भयो ।

जमैकाका लागि नेपाली बलर सन्दीप लामिछानेले चार ओभरमा २७ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिनुभयो । सन्दीपले क्रिजमा जमेका लेविसको प्रहार पावेलको हातमा थमाउनुभयो । इश सोढीलाई छ रनको योगफलमा सन्दीपले बोल्ड गर्नुभयो ।

कार्लोस ब्रैथवेटले तीन ओभर चार बलमा मात्र ११ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । फिडेल एडवार्ड्स र विरासामी परमौलले सामान दुई दुई र मुजिब उर रहमानले एक विकेट लिनुभयो ।

यसअघि पोर्ट अफ स्पेनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको जमैकाले राम्रो सुरुवात गर्यो । जमैकाका लागि ओपनर ग्लैन फिलिप्सले अविजित रहँदै ७९ रनको योगदान गरेपछि ऊ २० ओभरमा छ विकेटको क्षतिमा १४७ रनको औसत योगफल तयार गर्यो । फिलिप्सले ६१ बलमा दुई चौका र छ छक्काको सहयोगमा ७९ रन जोड्नुभयो । जर्माइन ब्ल्याकऊडले २७ तथा आसिफ अलिले १४ रन बनाउनुभयो ।

सेन्ट किट्सका लागि रयाद एम्रितले सर्वाधिक तीन तथा इश सोडी, इमरान खान र शेल्डन कोटे«लले सामान एक एक विकेट लिनुभयो ।

थप जानकारी