राष्ट्र हितमा समर्पित
आइतवार, आश्विन ३, २०७८

सुनको मूल्य फेरि बढ्न थाल्यो

मङ्गलवार, १६ भाद्र २०७७ १२:४८

काठमाडौ, भदौ १६ गते । शुक्रबारबाट उकालो लाग्न सुरु गरेको सुनको मूल्यले मंगलबार पनि निरन्तरता पाएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ बढेको छ । गत शुक्रबारदेखि बढ्न थालेको सुनको भाउ मंगलबार पनि बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार सुन तोलामा नौ सय रुपियाँ बढेको जनाएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपियाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपियाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि मंगलबार सामान्य वृद्धि भएको छ। यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार ३९५ रुपैयाँ पुगेको छ ।

थप जानकारी