राष्ट्र हितमा समर्पित
शुक्रवार, आश्विन १, २०७८

फेरि बढ्यो पेट्रोलको मूल्य

बुधवार, १७ भाद्र २०७७ ८:०२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । मङ्गलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपियाँ वृद्धि भएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १०७ रुपियाँ पुगेको छ ।
डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य हाललाई यथावत राखिएको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन बीचको स्वचालित मूल्यसूची अनुसार मङ्गलबार प्राप्त खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले
जनाएको छ ।

मूल्य समायोजनपश्चात पनि भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपियाँ र डिजेल प्रतिलिटर ३६ रुपियाँ नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच सञ्चालन हुँदै आएको स्वचालित मूल्यसूची प्रणालीअनुसार हरेक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।

थप जानकारी