राष्ट्र हितमा समर्पित
बिहिवार, भाद्र ३१, २०७८

तोलामा एक हजार दुई सय रुपियाँले घट्यो सुनको भाउ

बुधवार, १७ भाद्र २०७७ १५:०२

काठमाडौँ, भदौ १७ गते । शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ ।

पाँच दिनसम्म लगातार बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपियाँ तथा तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँमा कारोबार भएको हो । मङ्गलबार सुन प्रतितोला ९८ हजार ४०० रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपियाँ निर्धारण गरिएको छ । सोमबार पनि चाँदी आजकै भाउमा कारोबार भएको थियो ।

थप जानकारी