राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

उपत्यकामा निषेधाज्ञा एक हप्ता थप

बुधवार, १७ भाद्र २०७७ १८:०२

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ ।

आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको भए पनि औपचारिक रुपमा केही बेरमा सार्वजनिक गरिने बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

सरकारले भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कामय गरिएकोमा पुनः सात दिनलाई थप गरी आज राति १२ बजे सम्मका लागि कायम गरिएको थियो ।

थप जानकारी