राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

एकै दिनमा तीन कोरोना सङ्क्रमितको मृत्यु

शुक्रवार, १९ भाद्र २०७७ १३:२०

बुटवल, भदौ १९ गते । रुपन्देहीमा कोरोना सङ्क्रमित थप तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी दिएअनुसार होम आइसोलेसनमा रहेका सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मिर्गौलाले काम नगरेपछि चितवनमा डाइलासिस गरेर फर्केका उहाँको शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताउनुभयो शुक्रबार बिहान नै बुटवल उपमहानगरपालिका-८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो ।

त्यसअघि शुक्रबार नै बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ की ६४ वर्षीया महिलाको मृत्यु भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मिर्गौला रोगकी बिरामी निमोनिया देखिएपछि उहाँलाई भदौ ४ गते अस्पतालको आईसीयूमा राखेर उपचार गराइएको थियो ।

थप जानकारी