काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबार घटेको छ । सोमबार तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १३२० रुपैयाँमा कारोबार भएको हो ।