राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

स्वदेश फर्कन चाहनेको सहज उद्धार होस्: सांसद राजेन्द्र लिङदेन

बुधवार, २४ भाद्र २०७७ १०:२६

काठमाडाैं । राप्रपा सांसद राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपाली स्वदेश फर्कन चाहेमा सहज उद्धार हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता लिङ्देनले रेमिट्यान्स मार्फत देशको अर्थतन्त्रमा योगदान गरिरहेको युवा समुदाय अहिले विभिन्न देशमा ठूलो संकटको सामना गरिरहेको हुँदा सहज उद्धार गर्नुपर्ने बताएका हुन् ।

उनले सरकारविरुद्ध नारा लाग्नु सर्मनाक भएको समेत बताएका छन् । उनले उद्धारका नाममा भइरहेका अनियमितताकाे पनि छानविन हुनुपर्ने भन्दै विद्यमान भाडादरमा सुधार गर्नु पर्ने माग गरेका छन् । तर विदेशमा विचल्लीमा परेका नेपालीहरु आफ्नै खर्चमा पनि स्वदेश आउन पाइरहेका छैनन् । जसले गर्दा परदेशमा सरकारविरुद्ध नारा लाग्न थालेकाे छ । त्यसैले सांसद लिङदेनले भनेका छन्, ‘विदेशमा समेत सरकारका विरुद्ध नारा लाग्नु सर्मनाक कुरा हो ।’

उनको भनाइ जस्तो त्यस्तै:

रेमिट्यान्स मार्फत देशको अर्थतन्त्रमा योगदान गरिरहेको युवा समुदाय अहिले विभिन्न देशमा ठूलो संकटको सामना गरिरहेको छ।
• स्वदेश फर्कन चाहने प्रत्येकको सहज उद्दारहोस।
• हवाई उडानमा हुने अनियमितता र भाडादरमा सुधारहोस।
• विदेशमा समेत सरकारका विरुद्ध नारा लाग्नु सर्मनाक कुरा हो ।

थप जानकारी