राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

नेपालमा कोरोनाका कारण थप ५ जनाकाे मृत्यु

शुक्रवार, २६ भाद्र २०७७ १७:४०

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष गरी ५ जना रहेकाे मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय २२ पुगेको छ । नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

थप जानकारी