राष्ट्र हितमा समर्पित
बिहिवार, मंसिर १८, २०७७

भक्तपुरको निकोसेरामा एकै परिवारका तीन जनाको हत्या

शनिवार, २७ भाद्र २०७७ ९:३७

काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित एकै परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शुक्रबार शव फेला परेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमा रहेको चारतले घरमा कुकुरसहित सुदिप अधिकारीको परिवारका तीन जनाको हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

आफ्नै घरको चौथो तलाको भान्छाबाट कौशीमा निस्कने ठाउँमा ३६ वर्षीय सुदिप अधिकारी, दोश्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेश्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

दोश्रो तलाको भ¥र्याङ नजिकै कुकुरसमेत मरेको अवस्थामा भेटिएको उनले जानकारी दिए । करिब ४ः०० बजे मृतकका भाइ सुनिल अधिकारीले दाजुको घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झनाको शव, तेस्रो तलामा सुशान्त तथा माथिल्लो तलामा सुदिपको शव फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतकका भाइ सुदिपका अनुसार घरको पहिलो तल्लादेखि माथिका सबै तलाको ढोकामा चुकुल नलगाएको अवस्था थियो । मृतकको घरसँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका परिवार बाहिर ननिस्किएको जानकारी दिइन् ।

तीन दिन अघिसम्म मृतकका परिवारले किराना पसल खोलेको र दिउँसोदेखि पसल बन्द रहेको जानकारी दिदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने लागेको बताइन् ।

मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि घटेको हुनसक्ने प्रहरीको अनुमान छ । घट्नास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

थप जानकारी