राष्ट्र हितमा समर्पित
सोमवार, कार्तिक १०, २०७७

सिन्धुपाल्चोकमा पहिरोले १८ घर पुरिदा सबै बेपत्ता

आइतवार, २८ भाद्र २०७७ ७:३०

सिन्धुपाल्चोक । शुक्रबार राती २ बजेर ४६ मिनेटमा भीषण पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । उक्त घरका सबै बेपत्ता भएका छन् ।

भीरखर्कका १० र नाग पुच्छेका ८ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनु भएको छ ।

थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताउनुभयो । घटनास्थलमा प्रहरी जाँदै छ । स्थानीय खोजी कार्यमा जुटेका छन् ।

थप जानकारी