राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

सुन तोलामा चार सयले बढ्यो

सोमवार, २९ भाद्र २०७७ १२:४४

काठमाडौं, भदौ २९ गते । आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार सोमबार सुनचाँदीको मूल्यमा बृद्धि भएको हो ।

नेपाली बजारमा सोमबार सुन प्रतितोला ४०० बढेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य आज ९६ हजार ९ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार ४०० रुपियाँ कायम गरिएको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला एक ३२० रुपियाँ कायम रहेको महासंघले जनाएको छ । यो आइतबारको भन्दा १० रुपियाँले बढी हो ।

थप जानकारी