राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरमा कोरोना पुष्टि

मङ्गलवार, ३० भाद्र २०७७ ११:४३

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए ।

उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।” (रासस)

थप जानकारी