राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

कमल थापाको आरोप, डा. लोहनी नै पार्टी एकता खल्बल्याउने काम गर्दैछन्

मङ्गलवार, ३० भाद्र २०७७ १५:३२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले पार्टी एकता खल्बल्याउने काम गरिरहेको बताएका छन्।

सामाजिक सञ्जाल मार्फत थापाले लोहनीले एक टिभी अन्तर्वार्ताको क्रममा पार्टी एकताबारे एकपक्षीय रूपमा भ्रम सिर्जना गरेको भन्दै पार्टी एकताको भावना विपरीत भएको जनाएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा (संयुक्त) बीच ६ महिना अघि एकीकरण भएपनि यो पार्टी अहिलेसम्म निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन्।

सबै धर्मबीच एकता र राजासहितको प्रजातन्त्रमा हस्ताक्षर गर्दै मिलेका पार्टीबीच अहिले त्यसको बारेमा कुरा नमिलेपछि अझै दर्ता हुन नसकेको पार्टीका नेताहरुले बताउँदै आएका छन्। संघीय संसदमा राप्रपाको एक जना सांसद मात्रै रहेका छन्।

कमल थापाको अभिव्यक्ति जस्ताको त्यस्तै:
डा.प्रकाशचन्द्र लोहनीले एक टिभी अन्तर्वार्ताको माध्यमबाट पार्टी एकतावारे एकपक्षीय रूपमा जुन भ्रम सिर्जना गर्ने प्रयास गर्नु भएको छ,त्यो पार्टी एकताको भावना विपरित छ‌।एकता खल्बल्याउने मनसायबाट अभिप्रेरित देखिन्छ।
धर्म/संस्कृति बिरुद्धको आक्रमण,ब्रम्हलुट र सर्वसत्तावाद परास्त गरी सम्वृद्ध नेपाल बनाउन देशले वैकल्पिक बिचार बोकेको शक्ति खोजेको छ।यही आवश्यकता पुरागर्न राप्रपाको एकता भएको हो।मतभेद/चित्त नबुझेका कुरा सहमतिबाट टुंग्याउन सकिन्छ,सार्वजनिक बहसको बिषय नबनाऔॅ @PashupatiShams @PCLohani

थप जानकारी