राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

आज १,४५९ जना नयाँ संक्रमित थपिए, १,०६२ जना डिस्चार्ज, ११ को मृत्यु

मङ्गलवार, ३० भाद्र २०७७ १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,४५९ जना कोरोनाका संक्रमित थपिएका छन । देशका बिभिन्न स्थानमा रहेका अस्पताल र प्रादेशिक प्रयोगशालामा पछिल्लो पटक गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

योसहित हालसम्म देशभर संक्रमितको संख्या ५६,७८८ पुगेको छ । तर सक्रिय संक्रमितको संख्या भने १५,७७९ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १,०६२ जना निको भएर फर्किएका छन् ।

योसहित हालसम्म निको हुनेहरुको संख्या ४०,६३८ पुगेको मन्त्रायले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ११ जनाको निधन भएको छ । योसहित हालसम्म निधन हुनेको संख्या ३७१ पुगेको मन्त्रालयले जनाएको छ ।

थप जानकारी