राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

बुधवार, ३१ भाद्र २०७७ १२:४८

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि केही दिनयता घरमै आइसोलेशनमा रहेका कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछि चावहितस्थित ओम अस्पताल भर्ना गरिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

उनका अनुसार गएराति स्वरो बढेपछि ओम अस्पताल लगिएको थियो । चिकित्सकहरुले उनमा निमोनिया भएको प्रारम्भिक अनुमान गरेका छन् भने भर्ना गरेर थप परीक्षण गर्न थालिएको छ । महामन्त्री कोइरालामा भदौ २३ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

थप जानकारी