राष्ट्र हितमा समर्पित
मङ्गलवार, आश्विन १३, २०७७

बहराइनका राजकुमारको टोली हिमाल आरोहण गर्न काठमाडौं आइपुगे

बुधवार, ३१ भाद्र २०७७ १३:००

काठमाडौं । लोबुचे तथा मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट त्यहाँका राजकुमार सहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लिएर आएको विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको हो । टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

यो आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, यो टोली ६ दिन गोकर्ण फरेस्ट रिसोर्टको होटल क्वारेन्टाइनमा बस्ने छन । त्यसपछि यी १८ जना काठमाडौंबाट लुक्लासम्म हेलिकप्टर र जहाजबाट जानेछन् । त्यहाँबाट लोबुचे हिमालको आधार शिविरसम्म पदायात्रा गर्नेछन् ।

टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी र तीन जना बेलायती नागरिक छन् । पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीका अनुसार, यो टोलीले करिब २ महिना नेपाल बिताउने छ ।

थप जानकारी