राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

चुनाव हारेका बामदेव सांसद बने

बिहिवार, १ आश्विन २०७७ १०:३९

काठमाडौँ । नेकपा उपाध्यक्ष बामदेव गाैतम राष्ट्रियसभा सदस्यमा मनाेनित भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार साँझ गाैतमलाई राष्ट्रियसभामा रिक्त एक सदस्यमा मनोनित गरेकी हुन् ।

साेमबार साँझ बसेकाे मन्त्रीपरिषद बैठकले गाैतमलाई राष्ट्रियसभामा मनाेनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय थियाे । तर सिफारिस पत्र भने सरकारले राष्ट्रपति कार्यालय पठाएकाे थिएन ।

बुधवार साँझ मात्र सिफारिस पत्र राष्ट्रपति कार्यालय पुगेकाे र साेही अनुसार मनाेनित गरिएकाे राष्ट्रपति कार्यालय श्राेतले जनाएकाे छ । उनले गत संघीय निर्वाचनमा हार व्यहोरेका थिए ।

थप जानकारी